सरकार टुढिखेलमा संविधान दिवस मनाउने, समाजवादी कांग्रेस निषेधित क्षेत्रमा कालो व्यानर टाँग्ने

Kalo byanar

काठमाडौं । आज देशभर ८ औं संविधान दिवस मनाइरहँदा नेपाल समाजवादी कांग्रेसले भने संविधानको विरोध गर्दै निषेधित क्षेत्रमा कालो व्यानर टाँगेको छ ।

नयाँ संविधान जारी भएदेखि नै अवंवैधानिक भन्दै आएको समाजवादी कांग्रेसले २०७२ सालको संविधानले जनताको भावना समेट्न नसकेको भन्दै विरोध गर्दै आएको छ । त्यसकै विरोधमा समाजवादी कांग्रसले आज विहानै उपत्यकाभित्रका निषेधित क्षेत्रहरुमा कालो व्यानर राखेर विरोध जनाएको हो ।

संवैधानिक प्रजातन्त्र, हिन्दु राज्यको स्थापना, संघीयताको खारेजी लगायतका माग राख्दै आएको नेपाल समाजवादी कांग्रेसले संविधान दिवसका दिन बिहानै नयाँ बानेश्वर, माइतीघर लगायतका स्थानहरुमा कालो व्यानर राखेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरे वा विरोध गरे जेल हाल्नेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीसँग हुन्छ । तर, समाजवादी कांग्रेसले सरकारले निषेधित क्षेत्र घोषणा गरेकै स्थानका कालो व्यानर राखेको हो ।

सो व्यानर टाँस्न नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौला, सचिव मानबहादुर गुरुङ, केन्द्रिय सदस्य चन्द्र पाण्डे, नेपाल समाजवादी युथ फोर्सका अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायत सहभागी बनेका थिए ।
 

प्रतिकृया दिनुहोस