अस्ताए स्याक्सोफोन वादन शुभ बहादुर सुनाम

Shubha sangitkar death

काठमाडौं । वरिष्ठ संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ । स्याक्सोफोन वादन मार्फत लोकप्रियता हासिल गरेका संगीतकार सुनामको सोमबार बिहान निधन भएको हो ।

संगीतकार सुनामका छोरा दिनेश सुनामले बिहान ४ बजेर ३० मिनेट जाँदा बुवाको मृत्यु भएको पुष्टि गरेको संगीतकार संघका संरक्षक लक्ष्मण शेषले जानकारी दिए ।

७४ वर्षिया सुनाम मृगौला सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो । सुनावको पार्थिव शरीर अहिले छाउनी अस्पतालमै राखिएको संगीतकार शेषले जानकारी दिए ।

आजै ९ बजेबाट उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताउँदै शेषले स्थान भने केहि बेरमा तय गर्ने बताए । सुनामको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए । सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए ।

रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् । उनी तारादेवीका समेत मनपर्ने संगीतकार थिए ।

उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन् । त्यसमा फिल्म, भजन, आधुनिक टीभी सिरियल, पप, बालगीत र राष्ट्रिय गीत समावेश छन् । उनले अधिकांश संगीत तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यका गीतमा समेत संगीत भरेका छन् ।

उनले पछिल्लो समय आफ्ना छोराहरुसहित नाति र नातिनीहरुलाई सेक्सोफोन वाधन र संगीततर्फ प्रेरित गरिरहेका थिए ।

 

प्रतिकृया दिनुहोस