पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न, ९९८ विभूषित हुँदै (नामावलीसहित)

Padak medal

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ ।

यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलनाथ रेग्मी र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ । मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो ।

घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ । राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ । विभूषण सिफारिस भएकामा सत्ता, शक्ति र शक्तिकेन्द्रसँग निकट व्यक्ति तथा संघसंस्थाहरु हाबी रहेको स्रोत बताउँछ ।

गत वर्ष ९ सय ३ जनालाई विभूषण दिइएको थियो । गत वर्ष ७ सय ५५ जनाले मानपदवी, १ सय ११ ले अलंकार र ३७ जनाले पदक पाएका थिए । २०७७ असोज ३ मा ५ सय ३, २०७६ को संविधान दिवसमा ६ सय ३४ र २०७५ मा ५ सय १८ जनालार्य विभूषण घोषणा गरिएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...