सरकारले खोस्यो पीएसओबाहेक चोलेन्द्रका सबै सुरक्षाकर्मी, ‘भीभीआईपी’ कार पनि फिर्ता

Cholendra bayan

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाइएका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।

स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ । औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले निलम्बित भइसकेकाले प्रधानन्यायाधीशका रुपमा जबराले सुविधा नपाएका हुन् । ‘खासमा पहिल्यै फिर्ता बोलाउनुपर्ने थियो, ढिलाइ भएको मात्र हो,’ उनले भने । तर मन्त्रालयकै अर्का एक उच्च अधिकृत जबराले सर्वोच्च प्रवेश गर्ने कोशिश गरेपछि सरकारबाट प्रतिक्रिया रुवरुप उनको सुविधा खोसिएको बताउँछन् ।

संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए । तर ‘प्रहरीले नजरबन्द’ गरेको भन्दै जबरा सरकारी निवासबाट निस्किएका थिएनन् । उनले सर्वोच्च अदालत जाने प्रयास गरेको भए अवरोध गर्ने कानून व्यवसायीको तयारी थियो । तर उनी र उनको परिवारलाई निस्किन नदिएर सरकारले अघोषित नजरबन्द गरेको छ ।

चोलेन्द्र र छोरीसमेतले आफूहरूलाई नजरबन्द गरिएको बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली आइतबार दिउँसो बालुवाटार पुगेर अवस्थाबारे जानकारी लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...