वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

Gautam nidhan

काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । उनको आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निमोनिया भएपछि उनलाई ललितपुरको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासङ्घका कार्यवाहक सभापति थिए । ७७ वर्षीय गौतम कोभिड सङ्क्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पाँच दशक लामो सक्रिय र स्वतन्त्र पत्रकारिता जीवनमा उनले सदा प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए । पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उनीबाट सम्पादन, प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो ।

२०४२ को बम काण्डका बेला रामराजा प्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई छ महिना हनुमानढोकामा थुनिएको थियो ।

प्रतिकृया दिनुहोस