टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थाले

Tukacha purano

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन् ।

त्यसका लागि काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन् ।

काठमाडौं महानगरपालिकाले मिचिएको टुकुचा खोलाको इन्जिनियरिङ गरी नक्सांकनसहितको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा मिचिएको टुकुचा मात्र देखाइएको छैन्, अतिक्रमण हटाएपछि बनाइने संरचनाको ड्रोइङसमेत तयार पारिएको छ ।

शुक्रबारबाट महानगरपालिकाले हराएको टुकुचा खोला खोज्न थालिसकेको छ । महानगरपालिकाको वडा–१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा खोला भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...