अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १५ पुग्यो, ९ जना अझैं बेपत्ता

Achham pahiro

काठमाडौं । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १५ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।
मृत्यु हुनेको संख्या सबैभन्दा बढी कमलबजार नरगपालिकाको रहेको छ। कमलबजार नगरपालिका ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ ।

यस्तै तुर्माखाँद गाँउपालिका ५ मा २ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ ।

ढकारी गाउँपालिका वडा नम्बर– ६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए ।

कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र एक जना घाइते भएको उनले बताए । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ४ जनाको शव भेटिएको, ३ जना बेपत्ता र ७ जना घाइते रहेको रिजालले बताए ।

तुर्माखाँदमा पहिरोमा पुरिएका ४२ वर्षीय नेत्रबहादुर शाही, उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही, १६ वर्षिया छोरी बिमला शाही, १६ वर्षिया भतिजी जानकी शाहीको शव निकालिएको स्थानीय प्रतापबहादुर शाहीले जानकारी दिए । घटनास्थलमा रहेका शाहीका अनुसार पहिरोमा पुरिएका २३ वर्षीया भावना शाही, २० वर्षीया कमला शाही, १२ वर्षिय सुन्दर शाही, ४ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाहीको खोजी भइरहेको छ ।

तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...