आक्रामक बन्दै महानगर : नयाँ बानेश्वरको ‘सूर्य उजेली भवन’मा चल्यो महानगरको डोजर

Surya ujeli bhawan mahanagar

काठमाडौं । महानगरपालिका भित्र रहेका अनाधिकृत संरचना हटाउँदै आएको काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो ।

यसअघि दिएको ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले टहरा भत्काउने कामलाई तिव्रता दिएको छ । बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको हो ।

महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो । तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ । डोजर चलाउँदा केहीबेर प्रहरी र स्थानीयबीच धरपडक समेत भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...