०७४ सालको समानुपातिक बन्दसूची शनिबार राति १२ बजेपछि स्वत सकिने

Nirwachan aayog

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ ।

मंसिरको निर्वाचनका लागि आयोगले यसअघि नै असोज २ गतेबाट समानुपातिक तर्फको बन्द सूची पेश गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । २०७४ को बन्दसूचीमा १८ हजार जनाको नाम सूचीकृत थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी जानकारी राजनीतिक दललाई दिने र राजपत्रमा पनि सूचना जारी गर्ने उल्लेख गरेका छन् ।

‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ को पत्र तथा भदौ २९ मा राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझावका आयोगले यस्तो निर्णय गरेको जनाएको हो । आयोगले गरेको यो निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...