यी पाँच प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

Mausam news

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ । राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...