महाभियोग सिफारिस समितिमा बयान दिन नजाने सर्वोच्च फुलकोर्टको निर्णय

Supreme court adalat

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ ।

बुधबार बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले समितिले शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायाधीशलाई बयानका बोलाइएकाले नजाने निर्णय गरेको हो ।

सिफारिस समितिले बुधबार बसेको सिफारिस समितिको बैठकले सर्वोच्चका कामु प्रधानान्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र हरि फुयाँललाई समितिले बोलाएको थियो । महाअभियोगको कारबाही प्रक्रियाका सन्दर्भमा अदालतका न्यायाधीशहरूलाई सिफारिस समितिले उपस्थित हुन र सोधपुछ तथा सवाल जवाफ गर्न बोलाएको थियो ।

तर, सर्वोच्च अदालत फुलकोर्ट पूर्ण बैठकले महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत हुने निष्कर्ष निकालेको छ ।

त्यसरी बैठकमा उपस्थिति हुनुलाई शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगिकार गरेको मान्यता विपरीत हुने भनी टिप्पणी गरेको हो । निर्णयमा भनिएको छ, ‘समितिमा उपस्थित हुनु र सोधपछि सवालजवाफ गरिनु‘।उचित र शोभनीय नहुने हुँदा कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले समितिलाई तत्काल लेखी पठाइदिने ।’

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, संविधान र कानूनको अन्तिम व्याख्याता समेत रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु संविधानमा उल्लेखित संसदीय सुनुवाइ बाहेक साक्षीका रुपमा कतै उपस्थित भएर धारणा वा विचार व्यक्त गर्नु उचित होइन । अर्कोतर्फ महाभियोग सम्बन्धी विषयमा कुनै कारणले संवैधानिक वा कानूनी प्रश्न उठेमा सर्वोच्च अदालतले नै न्यायनिरुपण गर्नुपर्ने हुन्छ ।

सो बैठकले भनेको छ, भनिएको छ, ‘महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत्, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले...यस अदालतको पूर्ण बैठकबाट निर्णय भएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...