अमेरिकाको बढ्दो सक्रियताप्रति चीनको चिन्ता, चीनसँग सीमा जोडिएको क्षेत्रमा गतिविधि हुन नदिने प्रतिवद्धता

Prachanda and chinese leader

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार नेकपा माओवाादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्कीले भेट गरेका थिए । सो क्रममा चान्सुले अमेरिकी सक्रियताबारे चासो राखे ।

संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्कीले भेट गरेका थिए ।

‘नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे उहाँहरुको चासो थियो,’ भेटमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘हामीले एमसीसी र एपसीपीमा हामीले खेलेको भूमिकाबारे बतायौं ।’

‘तिब्बती परिचयपत्र र एमसीसीको विषयमा उहाँको चासो थियो,’ छलफलमा सहभागी माओवादीका एक नेताले भने, ‘यसबारेमा अध्यक्ष प्रचण्डले नेपालको भूगोलबाट चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रष्ट पार्नुभयो ।’

‘एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध भएकोले चीनविरुद्ध कुनै पनि गतिविधि हुँदैन, चीनसँग सीमा जोडिएको क्षेत्र वरिपरिका भौगोलिक सीमाना, र भूगोलमा त्यसखालको गतिविधि हुन दिदैँन ।’

प्रचण्डले एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको र त्यो ऐनकै रुपमा रहेको प्रष्ट पारे । ‘हामीले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर संसदबाट नेपालको हितमा हुनेगरी एमसीसी पास गरिएको हो, यसमा सबै दलहरूको समर्थन छ,’ प्रचण्डले भनाई उधृत गर्दै उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा असर नगर्ने गरी पास गरिएको हो ।’

द्विपक्षीय छलफलमा माओवादी अध्यक्ष प्रचण्डले नेपालको आर्थिक विकासका लागि मुख्य साझेदार राष्ट्र भएका नाताले सहयोग गर्न आग्रह गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...