असोज १ मा सभामुखले सांसदहरुलाई ‘भोज’ खुवाएर बिदाइ गर्ने

Pratinidhisabha baithak

काठमाडौं । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संविधानले पाँच वर्षको कार्यकाल भने पनि स्पष्ट कानुन नहुँदा अर्थात अभ्यास र नजिरको आधारमा आगामी चुनावको लागि मनोनयन बुझाएसँगै सकिने निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक उम्मेदवारको मनोनयन असोज २ गते कार्यकाल सकिने भएपछि संसद सचिवालयले असोज १ गतेसम्म सांसदहरुको बिदाई कार्यक्रम गर्ने तयारी गरेको छ ।

सरकारले सांसदको कार्यकाल लम्ब्याउनेसहितको प्रस्ताव ल्याएपनि चौतर्फी विरोधपछि पछि हटेको थियो। सरकार पछि हटेपछि संसद् सचिवालय पनि निर्वाचन आयोगले भनेअनुसारको मिति कुरेर बसिरहेको छ ।

जसअनुसार सांसदहरुको कार्यकाल ४ वर्ष ६ महिना १० दिन जति हुने भएको छ । सचिवालयका अनुसार भदौको ३०, ३१ गते र असोज १ गते सांसदहरुको बिदाई कार्यक्रम गरिनेछ । तर, सांसदहरुले संसद् छिर्दा लगाएको सांसदको लोगो भने फिर्ता दिनुपर्ने छैन ।

सांसदको मुख्य काम कानुन बनाउने हो । पर्याप्त कानुन दिन नसक्ने सांसदले लोगो मात्र होइन, बसेका बैठकबाट लाखौँ भत्ता र तलब भने लिइसकेका छन् ।​

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...