सन्दीप लामिछानेलाई अध्यागमनले कालोसूचीमा राख्यो

Sandeep lamichhane

काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिए ।

आइतवार साँझसम्म नेपाल आइपुग्न लागेका उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतवार साँझसम्म उनी नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन् । प्रहरी बृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरिसकेको छ ।

भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए । क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किएका हुन् । उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...