राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा राजेश श्रेष्ठ चयन

Radio nepal news

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको अध्यक्षमा राजेश श्रेष्ठ चयन भएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालको आज सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोद भट्टराई, उपाध्यक्षमा वेग बहादुर पुलामी, जितेन्द्र यादव र राधिका ओझालाई चयन गरेको छ । यसैगरी महासचिवमा गणेश बहादुर महरा, सचिवमा कृष्ण कुमार श्रेष्ठ, धर्मेन्द्र कुमार रावल र कोषाध्यक्षमा प्रकाश न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरूमा ढाल बहादुर खत्री, प्रेमलाल श्रेष्ठ, रघु चौधरी, कृष्ण प्रसाद श्रेष्ठ र खड्ग गन्धर्व चयन भए । २१ सदस्यीय केन्द्रीय समिति रहने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको बाँकी सदस्य केन्द्रीय समितिले पछि चयन गर्नेछ ।

यसैगरी महाधिवेशनले सल्लाहकारमा प्रेम प्रसाद भट्टराई, तिलकजंग बुढाथोकी, अच्युतम कुमार पोखरेल, किरण अर्याल, सरिता बराइली र रामकुमारी श्रेष्ठ रुबीलाई चयन गरेको छ ।

महाधिवेशन उद्घाटन सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थिति रहेको थियो भने बन्दसत्रमा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिका अध्यक्ष जय बहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...