लोकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न

Gyanmala

काठमाडौं । मध्यपुर थिमिको लोकेश्वर ज्ञानमाला भजन खलःले नाट्यश्वर पूजा गरि भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मुख्य गुरू देवबहादुर बज्राचार्य तथा सहायक गुरू क्रमशः अष्टचन्द्र बज्राचार्य र राकेश बज्राचार्यले भजन प्रशिक्षण दिएका हुन् । गत वर्षको भाद्र १ गतेदेखि सुरू गरिएको प्रशिक्षण मध्ये सरगम भजनको लागि विजय कायष्थले सहजीकरण गरेका हुन् ।

मध्यपुर थिमि नगरपालिकासँग समन्वय गरेको भजन प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डेपुटी मेयर विजय कृष्ण श्रेष्ठले कला र संस्कृतिलाई अर्थव्यवस्थासँग जोड्नुपर्नेमा जोड दिए । ुभावनाको आधारमा संस्कृति संरक्षण र प्रवर्द्धन गर्नुपर्ने हो । पैसा मात्र भएर हुँदैन ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, डेपुटी मेयर विजय कृष्ण श्रेष्ठ, चार वडाका वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, वडा सदस्यद्वय मदन ख्या श्रेष्ठ, रामकेशरी श्रेष्ठ लगायतको सहभागिता थियो ।

दथुटोलस्थित ओस्ला नेपालको भवनमा प्रत्येक बेलुकी दिइएको तालिममा २२ जना प्रशिक्षार्थी सहभागी छन् । तालिम कार्यक्रमलाई समाजसेवी श्याम श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले संयोजन गरेको बताइएको छ । ३ सदस्यीय लोकेश्वर ज्ञानमाला भजन खलःको उपसमितिका सदस्यहरूमा क्रमशः रविन बज्राचार्य र राकेश बज्राचार्य छन् ।

साधारणतया नाट्यश्वरको मूर्ति हुँदैन । भित्तामा तीनकुने तीनवटा प्वाल बनाएर माथिल्लो भागमा ‘नृत्यनाथ नासःद्यः’ प्रतिस्थापन गरिएको हुन्छ । नेवार समुदायभित्र नाट्यश्वरलाई एक किसिमले गोप्य रूपमा मान्दै आएका छन् । महादेवलाई नृत्यनाथ, नाट्यश्वर वा भैरवनाथ भनी मान्नुका साथै संगीतमा गुञ्जिने ध्वनि शून्य आकाशमा गुञ्जिएर ब्रह्माण्डमा व्याप्त हुने भएकाले यसको सम्बन्ध शून्य हुने अर्थात् निराकार हुुनुको एउटा प्रतीकको रूपमा भित्तामा तीनवटा प्वाल राखिएको हुन्छ ।

नाट्यश्वरका तीन आँखाको प्रतीकको रूपमा तीनवटा प्वाल राखिएको हो भन्ने मान्यता पनि पाइन्छ । बौद्धमत अनुसार नृत्यनाथ लोकेश्वर र पद्मनृत्य लोकेश्वरलाई नाट्यश्वरको रूपमा मान्ने गरिन्छ। भजन, गीतसंगीत तथा बाद्यवादन प्रशिक्षण गर्दा नाट्यश्वरलाई विशेष पूजा गर्नुपर्ने मान्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...