सन्दिप लामिछाने भन्छन्, ‘म यो सबै निराधार आरोपको सामना गर्न तयार छु’

Sandeep lamichhane

काठमाडौं । नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष दाबी गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनमा विश्वास राख्ने बताएका हुन् । उनले बिदा लिएर चाँडै नेपाल फर्किने पनि बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न सन्दीप भने वेस्ट इन्डिजमा छन् ।

‘म निर्दोष छु, नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु’, उनले लेखेका छन्, ‘म सीपीएलबाट बिदा लिएर केही दिनभित्र नेपाल फर्किन्छु ।’ उनले अगाडि लेखेका छन्, ‘म यो सबै निराधार आरोपको सामना गर्न तयार छु ।

’बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो । बिहीबार अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा पक्राउ गर्न अनुमति माग गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...