कार्यदलले बुझायो अपूरो प्रतिवेदन, अब शीर्ष नेतृत्वले सीट संख्या मिलाउने

Satta gathbandhan seat badfad karyadal

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

बिहीबार दिउँसो बसेको कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्यले बताए । तर कार्यदलले सिट संख्या बाँडफाँट भने गरेको छैन ।

कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

बैठकपछि सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिवेदनमाथि छलफल जारी रहेको बताए । उनका अनुसार प्रतिवेदनउपर आज पनि शीर्ष नेतृत्वसँग लामो छलफल भएको छ भने यो क्रम शुक्रबार पनि जारी रहनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

अर्का कार्यदल सदस्यका अनुसार केही निर्वाचन क्षेत्रमा चारै दलले दाबी गरेकाले सहमति जुटिसकेको छैन । सहमति जुटेको विषय समेटेर कार्यदलले प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुबीच सहमति प्रयास भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...