सन्दिपलाई पक्राउ गर्न अदालतले दियो, अनुमति जुनसुकै समयमा पक्राउ पर्न सक्ने

Sandeep lamichhane

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । बिहीबार प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।

१७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप विरुद्ध  प्रहरी वृत गौशालामा जाहेरी दर्ता भएको छ । अनुमति पाएसँगै अब प्रहरीले सन्दीपलाई जुनसुकै समयमा पक्राउ गर्न सक्छ ।

भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेपछि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अदालतमा पक्राउ गर्न अनुमति माग गरेको थियो ।

१७ वर्षीया किशोरीले लामिछानेविरुद्ध भदौ २३ गते जाहेरी दिएकी थिइन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’  कसूरमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...