पदभार ग्रहणको १०० दिन : काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले जारी गरिन् श्वेतपत्र

Sunita dangol

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गरेकी छन् । उनले यो अवधिमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले पुराना २४४ मुद्दामध्ये ५१ वटाको विवाद किनारा लगाएको जनाएकी छन् ।

यस्तै, फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल गरेको, वडाहरूमा महिला सेल गठन गरिएको, करिब एक सय विभिन्न कार्यक्रममा सहभागी भएको जस्ता विषयलाई पनि उनले यस अवधिको उपलब्धिका रुपमा व्याख्या गरेकी छन् ।

महानगरपालिकाले गरेका कामलाई संख्यामा गन्नुभन्दा पनि  हिजो र आजको परिवर्तनलाई नै सफलता मान्नुपर्ने उनको भनाइ  थियो।  पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाइ भएको र ५१ वटा विवादको किनारा लगाएको उल्लेख गरेको छ। वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार समेत उल्लेख गरेको छ ।

सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासी सँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले महानगरवासीसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छिन् ।

महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति सजग र सचेत रहेको बताएकी छिन्। त्यसैगरी मेलमिलाप कर्ता छनौट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्र जात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता जस्ता कुरालाई पनि १ सय दिनमा गरेका कामको विवरणमा उल्लेख गरेकी छन् ।

उनले भनिन्, ‘शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...