दुर्घटनामा मन्त्रीका पीएसओुसहित २ जनाको मृत्यु

Accident sunsari

धरान । पूर्व पश्चिम राजमार्गको सुनसरीको कोसी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार विहान कोसी गाउँपालिका–११ पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च २६४९ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको बा ६० प ४४९२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी नेपाल प्रहरीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । चौधरी श्रम मन्त्रालयमा पीएसओको रुपमा कार्यरत थिए भने गोजवार बीओपीमा कार्यरत थिए ।

पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोसी गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए। उनीहरुलाई तत्काल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...