माधवकुमार नेपालले भने, हामी कसैको सत्ताको भर्‍याङ हुन सक्दैनौँ

जम्मै आफूले लिने उब्रेको हामीलाई दिने ?

Madhab kumar nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुलाई हेप्न थालेको गुनासो गरेका छन् ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको टिप्पणी गरे । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’

नेपालले पाँच दलीय गठबन्धनलाई आफूहरुले जसरी अघि बढाउन खोजियो, त्यस्तो हुने लक्षण नदेखिएको पनि बताए । 'गठबन्धन गर्दा हाम्रो पार्टीलाई जुन हिसाबले अघि बढाउन खोजेका छौँ', उनले भने, 'हामीलाई कसैले पनि नजरअन्दाज नगरून् । जम्मै सिट आफूले लिएर उब्रेको सिट हामीलाई दिने काम नगर्नू ।'

उनले गठबन्धनले हेपिरहेमा आफूहरु एक्लै बढ्न तयार रहेको पनि बताए । 'हामी गठबन्धनसँग सति जाने कुरा त गर्दैनौँ । त्यस्तै पर्यो भने हामी एक्लै अघि बढन् सक्छौँ', उनले भने, 'सबैलाई फाइदा हुन्छ भने गठबन्धन हुन्छ । तर हामी कसैको सत्ताको भर्‍याङ हुन सक्दैनौँ ।'

नेपालले दलहरुमा नेता व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन गर्न नहुने बताए । यद्यपि सत्तारुढ गठबन्धनमा कुरा मिल्ने र सिट बाँडफाँट छिटो टुंग्याउने उनले आश्वासन दिए ।

अध्यक्ष नेपालले नेता कार्यकर्तालाई गाउँ जान र भोट माग्न आग्रह गरे । ‘काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुस् जिल्लामा जानुस् निर्वाचन क्षेत्रमा जानुस्’ उनले भने । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा धेरै ठाउँमा आफ्नो उम्मेदवार नै नभएका कारण धेरै मत नआएर पार्टीलाई घाटा लागेको अध्यक्ष नेपालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...