चोलेन्द्र शमशेर जबराको प्रश्न : त्यो फैसला गर्ने अरु न्यायाधीश छाडेर महाअभियोग मविरुद्ध मात्रै किन लगाइयो ?

Cholendra samsher rana

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे ।

उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली समेत पालना नगरेको टिप्पणी गरेका छन् । अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षा रहेको जबराको भनाइ छ ।

कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको भनाइ थियो । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा भनेका थिए । कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो ।

समितिमा बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले  निर्णय गर्न नसकेको कुरा राखेका थिए ।

सांसदहरुको एक एक प्रश्नको जवाफ दिइरहेका प्रधानन्यायाधीश जबराले आफूमाथिको  महाअभियोग प्रस्तावलाई प्रतिनिधि सभा पुनर्स्थापना र नयाँ सरकार गठनसँग जोडेका छन् । उनले कारबाही गर्ने भए पाँचै जनामाथि गर्नुपर्ने भन्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण माग गरेका छन् ।

आफूविरुद्ध गत फागुन १ गते सत्तारुढ दलहरुले लगाएको महाअभियोग संविधानतः निष्क्रिय भइसकेको बताएका उनले जसलाई परमादेशले सरकारमा पठायो, उसैले आफूमाथि अन्याय गरेको गुनासो पनि गरेका छन् ।

जबराले आफूले गरेका फैसलामाथि प्रश्न उठ्नु कुनै अनौठो नभएको तर्क पनि महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा गरेका छन् । 'गठबन्धनको सरकार बनाउन परमादेश दिँदा पनि एउटा पक्षा असन्तुष्ट थियो', उनले भने, 'मैले गरेको फैसला एउटा पक्षबाहेक सबैले ठीक भने । यही गठबन्धनले पनि यो फैसला ठीक छ भन्यो । तर त्यो फैसला गर्ने अरु न्यायाधीश छाडेर महाअभियोग मविरुद्ध मात्रै किन लगाइयो ? अरु चार जनाविरुद्ध किन गरिएन ?'

उनले यो फैसलाका आधारमा खासमा आफूमाथि महाअभियोग एमालेले लगाउनुपर्ने तर्क गरे । 'खासमा त्यस फैसलालाई लिएर महाअभियोग त एमालेले लगाउनुपर्ने हो', उनले भने, 'तर यही कुरा मिलेन। परमादेशबाट सन्तुष्टहरुले नै मविरुद्ध महाअभियोग लगाए ।'  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...