तीजको नाच हेर्न गएका युवाबीच झडप हुँदा सुर्खेतमा एक जनाको मृत्यु

Roshan gc

सुर्खेत । तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए । डीएसपी कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए लगत्तै थियो चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...