सुनिता डंगोल भन्छिन्, महानगरभित्रका अनधिकृत संरचना भत्काउन मेरो समर्थन छ

Sunita dangol

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बनेका अवैध संरचना बनाउने अभियान तीव्र छ । महानगर प्रमुख बालेन शाह आफैं अवैध संरचना भत्काउन खटिएका छन् । सोही विषयलाई लिएर उपप्रमुख सुनिता डंगोलले साथ नदिएको चर्चा चलिरहँदा महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउने अभियानमा आफ्नो पनि समर्थन रहेको बताएकी छन् ।

केही सञ्चारमाध्यमले यस विषयमा आफ्नाविरुद्ध भ्रम सिर्जना गर्नेगरी समाचार प्रकाशन गरेको भन्दै उपमेयर डंगोलले अवैध संरचना हटाउने अभियान महानगरपालिकाको भएकाले त्यसमा आफ्नो साथ र सहयोग रहने स्पष्टीकरण दिएकी हुन् ।

काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने एजेन्डाप्रति आफू सजग र सचेत रहेको पनि स्मरण गराउन चाहेको पनि उपमेयर डंगोलले बताएकी छन् । अनलाइन मिडियाहरूमा महानगरपालिकाको पछिल्लो अभियानसँग आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोमा पनि डंगोलले ध्यानाकर्षण भएको बताएकी छन् ।

‘अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो। म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु’, उनले भनेकी छन्, ‘त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त राख्न आफू सजग र सचेत रहेको स्मरण गराउँदै उनले केही अनलाइन मिडियामा महानगरपालिकाको पछिल्लो अभियानका विषयमा भ्रम सिर्जना गर्ने समाचार आएको गुनासो गरेकी छन् ।

‘काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेन्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु’, उपमेयर डंगोलले भनेकी छन्, ‘तर, केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरूमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्नेगरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ ।’

उपमेयर डंगोलको अपिल

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु ।

त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेन्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु । तर, केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरूमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ ।

पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन । यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...