आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने, नामावलीमा रहेको त्रुटि सच्याउन सकिने

Nirwachan aayog

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आजदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा नाम सच्याउनका लागि भदौ १३ देखि १६ गतेसम्मको समय तोकिएको छ ।

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यस्तै मृत्यु भएका एवं नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन पनि १६ गतेभित्र निवेदन दिइसक्नु पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...