प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Mausam news

काठमाडौं । हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...