नवराज लम्सालको अग्नीलाई यो वर्षको मदन पुरस्कार

Madan puraskar

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा। नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

त्यस्तै २०७८ सालको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने अध्यक्ष दीक्षितले बताए ।

यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा डा. दामोदर पुडासैनी 'किशोर' को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश, सुजित मैनालीको सती : इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली थिए ।

त वर्ष नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा-श्री सम्मान प्रदान गरिएको थियो । त्यस्तै, लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि लेखक भगिराज इङ्नामले मदन पुरस्कार पाएका थिए ।

गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा-श्री सम्मान प्रदान गर्दै आएको छ। दुवै पुरस्कारको राशि चार लाख नगद सहित सम्मानपत्र रहेको छ ।

२०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिकविभव स्थिरविद्युत् उत्पादकका लागि बलराम जोशीलाई ‘मदन पुरस्कार’ प्रदान गरिएको थियो । २०४५ सालमा पहिलो पटक जगदम्बा-श्री सम्मानबाट नारायणगोपाललाई सम्मानित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...