जसपाको विदेश विभाग प्रमुखमा अर्जुन थापा नियुक्त

Arjun thapa

काठमाडौं । जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापालाई मनोनित गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवले पार्टीको अन्तरिम विधान २०७७ अनुसार विभागको प्रमुख पदमा मनोनयन गरिएको जानकारी दिएका छन् ।

धनकुटाको मुगामा जन्म भई लामो समयदेखि राजनीति गर्दै आएका थापा यसअघि पनि जनता समाजवादी पार्टीको विदेश विभाग प्रमुख थिए । २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा धनकुटा निर्वाचन क्षेत्र नं. ख बाट उम्मेदवार बनेका थापा नेकपा एमालेका इन्द्रमणी पराजुलीसँग पराजित बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...