काठमाडौं महानगरपालिकाले खाली गरायो त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

Rahadani bivag basement

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन । राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन ।

जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको छ । विभागले बनाएको ‘बेसमेन्ट’ लाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले विभागका महानिर्देशकसँग छलफल गरेपछि थप कुरा भन्ने बताए । दुई दिन फिल्डमा देखिएका महानगरका मेयर बालेन साह भने अहिले विभागमा गएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...