सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

Satta gathbandhan seat badfad karyada

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ ।

कार्यदलमा सिट बाँडफाँडको मोडालिटीमै सहमति जुट्न नसकिरहेका बेला शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहान ९ बजेका लागि बालुवाटारमा तय भएको हो ।

बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ(आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।

उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।

कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् ।

बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले आजलाई सारिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...