आजको मौसम : आज यी क्षेत्रहरुमा वर्षा हुने

Mausam news

काठमाडौं । हाल (बिहीबार बिहान) देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार आज दिउँसो लुम्बिनी र मधेस प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...