भरतपुर पुगेर प्रचण्डले भने, वैवाहिक अंगीकृतलाई ‘सात वर्षे प्रावधान’ राख्न ओलीले नै मानेनन्

Prachanda chitwan

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही नभएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले गलत उद्देश्यका निम्ति गलत ढंगले प्रचार गरिएको दाबी गरे ।

‘विधेयकको सारतत्त्व भनेको आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउने कुरा हो’, उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघात भन्नु पाखण्डबाहेक केही हुँदैन ।’

केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश नै विधेयकका रूपमा आएको भन्दै प्रचण्डले अहिले एमालेले राष्ट्रघात भयो भन्नु बेइमानी र अनैतिक चरित्र भएको टिप्पणी गरे । वैवाहिक अंगीकृत नागरिकताका लागि ‘सात वर्षे प्रावधान’ राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा ओलीले नै नमानेको उनले आरोप लगाए ।

‘प्रचार गर्नेहरुले पहिला सातवर्षे अंगीकृतको प्रावधान पारित भएर गएको थियो, म पनि अध्यक्ष थियौं। राज्यव्यवस्थाको प्रस्ताव सदनमा लैजाऔं भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो,’ उनले भने, ‘अध्यादेश लाने पनि केपी ओली नै हो । यति छर्लंग कुरामा पनि नेपालका जनता बुद्धि नभएका छन्, राष्ट्रवादको मुखुण्डो लगाएर भोल माग्न सकिन्छ भन्ने दुस्साहस जुन भएको छ, मलाई लाग्छ नेपाली जनता सचेत भइसकेका छन्, यस्ता पाखण्डि प्रचारबाट कोही भ्रमित नहुनुहोला ।’

‘तत्कालीन नेकपामै हुँदा राज्य व्यवस्थाले पास गरेको प्रस्ताव मैले संसदमा लैजाउँ भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो’, उनले भने, ‘यति छर्लङ्ङ कुरामा पनि भ्रम छर्दै राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहसमा सचेत नेपाली नागरिक भ्रमित हुनु हुँदैन ।’

‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए । त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...