आजको मौसम : आज यी क्षेत्रहरुमा वर्षा हुने

Mausam news

काठमाडौं । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र लुम्बिनी प्रदेशका चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...