मोटर साईकलको ठक्करबाट ७७ वर्षीया वृद्ध गम्भीर घाईते

Dkt accident

धनकुटा । धनकुटाको जिरोपोइन्ट नजिकै मोटर साईकलको ठक्करबाट ७७ वर्षीया वृद्ध गम्भीर घाईते भएका छन् ।

धनकुटाको जिरोपोइन्टबाट पात्लेखोलातर्फ जाँदै गरेको को. १३ प.४७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनकुटा नगरपालिका वडा नं. ६ फोक्ल्याण्ड टापु टोलमा घर भएका ७७ वर्षीय सतन राई गम्भीर घाइते भएका हुन् ।

उनको टाउको दाहिने भागमा गम्भिर चोट लागेको छ । बायाँ हात, छाति, ढाड लगायतमा देखिएपछि थप उपचारको लागि जिल्ला अस्पताल धनकुटाले विराट नर्सिङ्ग होम विराटनगर रेफर गरेको थियो । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

आफ्नै घर अगाडी बाटो क्रस गरिरहेका राईलाई तीव्र गतिमा आएको मोटर साईकलले सडकको बीच भागमा ठक्कर दिएर करिब १० मिटर टाढासम्म सोरेर लगेको थियो ।

मोटर साईकल चालक र मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाईते राईका छोरा मनोज राईले बुबाको थप उपचारको लागि जिल्ला अस्पतालले रेफर गरेकाले विराट नर्सिङ्ग होममा उपचार भइरहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...