दाङको बबई पुल नजिकै बन्दकर्ताले जलाए टिपर, ४ जना नियन्त्रणमा

Tipper aagolagi

दाङ । बन्दकर्ताहरुले दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार ट्रक ड्राइभर र ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । प्रहरीका अनुसार टिपर चालकले बिहान चार(पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...