आज राती प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना

Mausam news

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

मध्यम वर्षाको सम्भावना रहेको पहाडी भूभागमा पहिरो र गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने तथा तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...