राजकीय सम्मानका साथ आर्यघाटमा प्रदिप गिरिको अन्त्येष्टि

Pradip giri last rite

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

क्यान्सर रोगबाट पीडित ७५ वर्षीय गिरिको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो । गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए । पशुपतिस्थित आर्यघाटमा गिरीको अन्त्येष्टि गरिएको छ ।

आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...