माओवादीले दियो निर्वाचनको घोषणापत्र तयार गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई

Narayankaji shresth

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेको समिति गठन गरेको हो ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको छ । तर पार्टीको तर्फबाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको उनले बताए । बैठकले ७ वटै प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...