एकीकृत समाजवादीले बनायो माओवादीसँग एकता गर्न समिति

Nekapa yes

काठमाडौं । आगामी निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग पार्टी एकताका लागि समिति बनाउन तयार भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले पार्टी एकताका लागि एकता संयोजन समिति बनाउन छलफल अघि बढाउने निर्णय गरेको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकताका लागि छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान पार्टीले माओवादी केन्द्रकै चुनाव चिन्हमा चुनाव लड्ने भइसकेका छन् ।

चुनावपछि यी सबै दल समेटेर एकताको तयारी गरिने माओवादी केन्द्रले जनाएको छ । यही आधारमा एकीकृत समाजवादीले एकता संयोजन समिति बनाउने तयारी गरेको हो ।

एकीकृत समाजवादीको आजको बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । एमालेबाट विभाजित भएको एकीकृत समाजवादी गत भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...