एकीकृत समाजवादीले यस्तो बनायो उम्मेदवार छनोटका ७ मापदण्ड

Samajbadi madhav nepal meeet

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ ।

१ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए । ४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार छनोट गरिसक्ने कार्यतालिका बनाएको छ ।

पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिसक्ने कार्यतालिका बनाएको छ।

त्यस्तै १२ भदौभित्र जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गरिसक्ने, १५ भदौभित्र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने र २० भदौभित्र केन्द्रीय कमिटीले निर्णय गरिसक्ने एकीकृत समाजवादीको कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...