हर्क साम्पाङले सय दिनमा गरेका कामको सुची, श्रम संस्कृतिको क्रान्ति मुख्य

Harka sampang dharan

धरान । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् । त्यसैगरी सरसफाइमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन गरेको, लागु औषध विरुद्धको अभियान शुरु गरेको, पारदर्शी हिसाब किताब सार्बजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको उल्लेख गरेका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेको कार्य विवरण

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

४. ६ लाख विरुवा रोपें

५. सरसफाइमा देखिने सुधार ल्याएँ

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन

९. लागु औषध विरुद्धको अभियान शुरु गरें

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...