प्रधानमन्त्रीबाट हट्ने दबावमा रहेका विक्रमसिंघे चुनिए श्रीलंकाको राष्ट्रपति

Ranil bikramasinghe

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री भएका थिए ।

आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्‍मा मतदान भएको हो ।

यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ । गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ ।

उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भए भने ४ मत बदर भयो । राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।

देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो । उनको कार्यकाल २०२४ को नोभेम्बरसम्म रहनेछ ।

यो बीचमा आर्थिक संकटमा फसेको देशको पुनरुत्थान गर्ने जिम्मेवारी विक्रमसिंघेको काँधमा छ । विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ ।

सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन् । मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजापाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...