प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

Pushpa bhusal elected 1572022012142 1000x0

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्। प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक थिइन्।

भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो। उपसभामुखका लागि दुईटा उम्मेदवारी परेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लगेका थिए।

संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो। उपसभामुखका लागि नेपाली कांग्रेसबाट भुसाल र एमालेबाट भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद रहेका छन्। उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत अर्थात १३६ मत आवश्यक पर्छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १५४ जना सांसद रहेका छन्। एमालेसँग ९८ जना सांसद रहेका छन्। १ सांसद भएको राप्रपाले एमालेलाई समर्थन गरेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...