युवतीलाई बन्धक बनाई करणी गर्ने सहिदभुमीका वडाध्यक्षलाई तेह्रथुम प्रहरीलाई जिम्मा लगाइने

Santosh rai dkt

धनकुटा । शनिबार मध्यराती एक युवतीलाई बन्धक बनाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चरे भनिने सन्तोष राईलाई प्रहरीले तेह्रथुम लैजाने भएको छ ।

सहदिभुमी गाउँपालिकका वडा नं. ४ की २३ वर्षीय युवतीलाई घुम्न जाउँ भनी तेह्रथुमको बसन्तपुरमा पु¥याएर बन्धक बनाएको भन्द्र युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा शनिवार उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा शुक्रबार राती साँढे ११ बजे वडा अध्यक्ष राईलाई धनकुटा नगरपालिका वडा नं. ७ स्थित चुलिवन चुलिवन चोकबाट पक्राउ गरेको थियो । 

तेह्रथुमको बसन्तपुरमा घटना भएको देखिएकाले वडाध्यक्ष राईलाई तेह्रथुम पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जिवी दाहालले बताए । उनले घटना बसन्तपुरमा भएका कारण थप अनुसन्धानका लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने तयारी भएको हो ।
राई यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तो थियो घटना
धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष हुन सन्तोष राई अर्थात् चरे । उनले सहिदभुमी गाउँपालिका वडा नं. ४ की २३ वर्षीय एक युवतीलाई लामो समयदेखि पच्छ्याइरहेका थिए । उनीहरुबीच लामो समयदेखि फोन सम्पर्कसमेत भइरहन्थ्यो ।

संवादकै क्रममा उनले ती युवतीलाई शुक्रबार हिलेसम्म बोलाए । धनकुटामा बस्दै आएकी ती युवती आफ्नो स्कुटरमा हिलेसम्म पुगिन् र सन्तोष पनि आई पुगे । केही बेरको कुराकानीपछि सन्तोषले एकैछिन वसन्तपुरसम्म पुगेर आउनुपर्छ भनेपछि ती युवती राजी भइन् ।

बसन्तपुर पुगेपछि वडाध्यक्ष राईले विभिन्न वहानावाजी गर्न थाले । गाडी पाईदैन, यतै बसेर विहानै फर्किउला भन्ने थाले । गाडी नपाउने भएपछि अर्काे विकल्प भएन । उनीहरु तेह्रथुमको बसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा बास बसे । सो होटलमा वडाध्यक्ष राईले ती युवतीलाई बन्धक बनाए । युवतीले प्रतिकार गर्दा उल्टै धम्क्याए । ‘मैले प्रतिकार गर्दा मलाई धम्की दियो । त्यसपछि मैले उसका सबै कुरा सहन बाध्य भएँ’ पीडित युवतीले भनिन्, ‘म बाहिर निस्किन खोज्दा बाहिरबाट चुक्कुल लगाउथ्यो । मलाई धम्क्याउँदै रातभर करणी गर्यो ।’

शनिबार युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिइन् । उजुरीका आधारमा प्रहरीले वडाध्यक्ष राईको खोजी गर्न थाल्यो । केही समयसम्म चाँही उनले आफु अन्तै भएको भन्दै आलटाल गर्न थाले । अन्त्यमा सोही युवतीको सहयोगमा प्रहरीले राईलाई पक्राउ गर्न सफल भएको थियो ।

उनले आफु पक्राउ हुँदा प्रहरीलाई आफुले सहमतिमै शारिरीक सम्बन्ध कायम गरेको बताएका थिए । वडाध्यक्ष राई विवाहित हुन् भने युवती अविवाहित हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...