मध्यराती कांग्रेसबाट निर्वाचित सहिदभुमीका वडाध्यक्ष पक्राउ, यस्तो छ कारण

Santosh rai dkt

धनकुटा । यौन दुव्र्यबहार गरेको आरोपमा धनकुटाका एक वडा अध्यक्ष पक्राउ परेका छन् ।

धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ५ खोकुका वडाध्यक्ष चरे भनिने सन्तोष राईलाई खोकुकै एक युवतीलाई यौन दुव्यवहार गरेको आरोपमा शनिबार राती सँढे ११ बजे धनकुटाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पीडित भनिएकी युवतीले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । राईले निर्वाचन अघिदेखि नै ती युवतीमाथि दुव्यवहार गर्दै आएको बताइएको छ । राई नेपाली कांग्रेसबाट यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए ।

राईलाई पक्राउ गरेको प्हरीले पुष्टि गरेको छ । यद्यपि अनुसन्धान जारी रहेकाले केही बताउन नसकिने प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...