संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

Bishal bhattarai

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मालाई संसद्को रोष्ट्रममा बोल्न नदिने प्रमुख प्रतिपक्षी एमालेले बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताए ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्ना कुरा राख्ने सूचना आएको भन्दै भट्टराईले त्यसो गरिए अवरोध हुने बताए । बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझैं सुरु भएको छैन ।

बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको छ । त्यतिबेलाको सीसीटीभी फुटेज पनि डिलिट गरिएको अर्थमन्त्रालयले नै सूचना दिएपछि उक्त विवाद बढेको छ । बजेट भने संघीय संसद्ले पारित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...