काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (नीति-कार्यक्रमको पूर्णपाठ सहित)

खाली जग्गामा पोखरीदेखि फल्चा निर्माण गरिने

Ktm mahangar

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाहले काठमाडौं महानगरको नीति तथा कार्यक्रम ११ औँ नगरसभाको पहिलो बैठकमा सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमलाई ‘सांस्कृतिक सहर समृद्ध महानगर’ नारा दिइएको छ ।

नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आइतवार ‘जनतासँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने, महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइने, महानगरपालिकामा हलुका सवारी साधनलाई व्यवस्थापन गर्नका लागि मापदण्ड तर्जुमा गरी लागू गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणाअनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ ।

काठमाडौंलाई व्यवस्थित गर्ने, पुरातात्विक सम्पदाको संरक्षण गर्ने, पूर्वाधार एम्बुलेन्स सञ्चालनलाई विस्तार गर्ने, ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्नेजस्ता कार्यक्रम ल्याएका छन्।

काठमाण्डौ महानगरपालिकामा रहेको सवारी साधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले त्यो अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताए ।

बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । मेयर साहले फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न निश्चित ठाउँ र समय तोकी बजार व्यवस्थापन गर्ने बताए ।

काठमाण्डौ महानगरभित्र रहेका सबै शैक्षिक परामर्श केन्द्र र ट्युशन कक्षा सञ्चालन गर्ने संस्थाको नियमन पनि हुने भएको छ । त्यसैगरी दरबार हाईस्कुललाई राष्ट्रियस्तरको नमुना विद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने कुरा पनि उल्लेख गरिएको मेयर साहले जानकारी दिए ।

सामुदायिक विद्यालयहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा आएको छ । आवासीय विद्यालयहरूमा कम्तीमा एक जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अग्नि नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने मेयर साहले बताए ।

हेर्नुहोस् नीति-कार्यक्रमको पूर्णपाठः 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...