पोखराको वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल साइट सार्न पूर्वाधार बनाइने

Pokhara

पोखरा । पोखरा महानगरपालिकाले वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने भएको छ । स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले भरतपोखरीमा ल्यान्डफिल साइट सार्न आगामी बजेटमा आवश्यक बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

पोखरा ३३, भरतपोखरीमा महानगरको ल्यान्डफिल साइट सार्ने निर्णय भने यसअघिकै कार्यपालिका बैठकले गरेको थियो । निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वमा १६ चैतमा बसेको कार्यपालिका बैठकले पोखरा ३३, भरतपोखरीको साविक ६ र ७ वडामा नम्बर वडामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । तर यो निर्णय कार्यान्वयनमा जान बाँकी थियो ।

बिहीबार कार्यपालिका बैठकले आवश्यक बजेट र पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । हाल महानगरले पोखरा १४ बच्छीबडूवामा फोहोर विर्सजन गर्दै आइरहेको छ । महानगरबाट दैनिक करिब २ सय टन फोहोर उत्सर्जन हुँदै आइरहेको महानगर स्वास्थ्य तथा सरसफाइ महाशाखाको तथ्यांक छ ।

१५ वर्षका लागि भएको सम्झौता सकिइसकेपछि पनि विकल्प नखोजिएको भन्दै बच्छीबडूवा क्षेत्रका बासिन्दाले पटकपटक आन्दोलन गर्दै आइरहेका छन् । गत चैतमा पनि महानगरले आफूहरुसँग गरेको सम्झौता पूरा नगरेको र म्याद गुज्रिएर पनि फोहोर फालिरहेको भन्दै स्थानीयबासिन्दाले फोहोर बोक्ने गाडीलाई अवरोध गरेका थिए । महानगरपालिकाले उनीहरुको माग सम्बोधन गर्ने सहमति गरेपछि मात्रै गाडी जान दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...