काठमाडौं महानगरमा बालेन ४३ हजार बढी मतसहित अग्रस्थानमा, सिर्जना सिंहलाई पछ्याउदै केशव स्थापित तेस्रो स्थानमा

Balen shah

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन्।

यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन्। उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन्।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...